इङलिश प्रिमियर लिगअन्तर्गत आर्सनलले वाटफोर्डलाई पराजित गर्दै चौथो स्थानमा उक्लियो

4.32K
shares

काठमाडौँ । इङलिश प्रिमियर लिगअन्तर्गत आर्सनलले वाटफोर्डलाई पराजित गर्दै लिगको चौथो स्थानमा उक्लिएको छ। गएराती सम्पन्न खेलमा आर्सनलले वाटफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो।

आर्सनलको जितमा पिएरे ईमरिक अउबमेयांगले खेलको १०औ मिनेटमा खेलको एक मात्र गोल गरेका थिए। ईमरिक अउबमेयांगले लिगमा आफ्नो १८औ गोल गर्दै आर्सनललाई महत्वूर्ण जित दिलाएका हुन्।

वाटफोर्डका ट्रोय डीने खेलको ११औ मिनेटमा रातो कार्ड पाएर मैदान छोडेपछि वाटफोर्ड १० खेलाडीमा सिमित भएको थियो। जितपछि आर्सनल लिगमा ३३ खेलमा ६६ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ भने वाटफोर्ड ३३ खेलमा ४६ अंकसहित १०औ स्थानमा रहेको छ। आर्सनलले अब अर्को खेल युरोपा लिग अन्तर्गत नापोलीसँग आगामी विहिबार खेल्ने छ।


divya collage
unigloble collage