“संविधानलाई व्यवहारमा लागू गर्न जागरण अभियान आवश्यक छ”-प्रचण्ड

6.93K
shares

काठमाडौं । नेकपा माओवादी केन्द्र का अध्यक्ष प्रचण्डले संविधानलाई जीवन व्यवहारमा लागू गर्न आमरुपमा जागरण अभियानको आवश्यकता पर्ने बताउनु भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजको तेह्रौं राष्ट्रिय महाधिवेशनको सोमबार राजधानीमा उद्घाटन गर्दै अध्यक्षले भन्नुभयो, ‘संविधानमा लेख्दैमा जीवनमा रुपान्तर भैहाल्छ भन्ने ग्यारेन्टी छैन, त्यसको लागि एउटा ठूलो चेतना र जागरणको आवश्यकता पर्दछ ।’

उहाँले धेरै ठूलो मेहनतपछि देशमा स्थायित्वको वातावरण बन्दै गएको बताउँदै संविधान बनेर निर्वाचन भएपछि जनताले देशमा स्थिरता, सम्मुन्नति, समृद्धि र सुशासनको अनुभूति गरेको धारणा राख्नुभयो । अध्यक्षले भन्नुभयो, ‘हामीले संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक अधिकारको रुपमा परिभाषित गरेका छौं । त्यो आफैंमा ठूलो कुरा हो ।’ आम जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर राज्यको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई अगाडि बढाउनकै लागि संविधानमा मौलिक अधिकारका रुपमा स्वास्थ्य सम्बन्धी अधिकार राखिएको उहाँको भनाई थियो ।

परिवर्तित राज्यको नयाँ संरचना अन्तर्गत रक्त संकलन कार्यलाई पनि त्यति नै व्यस्थित गर्ने आवश्यकता रहेको बताउँदै अध्यक्षले स्वयम्सेवी संस्थाको रुपमा भूमिका खेलेको उक्त समाजको महाधिवेशनको पूर्ण सफलताको शुभकामना पनि गर्नुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083