चेन्नेइको छैटौँ जित, दिल्लीको छैटौँ हार
वि.सं.२०७५ वैशाख १८ मंगलवार १२:०५
6.66K
shares
shares

काठमाडौं। आईपीएल क्रिकेटमा चेन्नई सुपरकिंग्सले दिल्ली डेयरडेभिल्सलाई १३ रनले हराएको छ । पुणेमा भएको सोमबार रातिको खेलमा २ सय १२ रनको ठूलो लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९८ रन मात्र बनाउन सक्यो ।
ऋषभले ४५ बलमा ७ चौका र ६ छक्कासहित ७९ रन बनाएका थिए । ७४ रन बनाउँदा ४ विकेट गुमाएको दिल्लीका लागि ऋषभ र विजयले पाँचौ विकेटका लागि ८८ रनको साझेदारी गर्दै टिमलाई जितको आशा देखाएका थिए । विजयले ३१ बलमा ५ छक्का र १ चौकासहित विष्फोटक ब्याटिङ गरेका थिए । उनी ५४ रनमा नटआउट रहे पनि टिमलाई जिताउन भने सकेनन् ।
अन्तिम ओभरमा जितका लागि दिल्लीलाई २८ रन चाहिएको थियो । तर दिल्लीका ब्याट्स्म्यानले १४ रनमात्र जोड्न सकेपछि चेन्नई १३ रनले विजयी भयो ।






























