काठमाडौँमा राति १० बजेपछि देउसी भैलो खेल्न रोक
वि.सं.२०७५ कात्तिक २० मंगलवार १७:१२
7.15K
shares
shares

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा पछाडि देउसी भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
रातको समयमा देउसी भैलोका नाउँमा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी खेल्न आग्रह गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए।
मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी भैलो खेल्ने समयावधि तोकिएको उनले बताए। प्रशासनको आग्रह विपरीत देउसी भैलो खेलिएको पाइएमा कारवाही गरिने प्रजिअ आचार्यको भनाइ छ। रासस















