सोलुखुम्बुमा साहास ऊर्जा कम्पनीको गाडी दुर्घटना, एकको मृत्यु, ७ घाइते
वि.सं.२०७५ कात्तिक २१ बुधवार १५:०५
8.46K
shares
shares

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा पिकअप भेन दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै घाइते बनेका छन्।
बुधबार थुलुङ दुधकोशी गापा–३, पञ्चनस्थितमा नेलेबाट पञ्चन मैखुतर्फ जादै गरेको साहास उर्जा कम्पनी लिमिटेडको बा ९ च ९६४७ नंम्बरको पिकअप भेन कच्ची सडकबाट पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा सोही स्थानकी १९ वर्षीया सरिना राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै दुर्घटनामा सोही स्थानकी २६ वर्षिया केशु राई र मनरुपी राई गम्भीर घाइते बनेका छन्। त्यस्तै स्थानीय १० वर्षीय सविना खत्री, ३५ की गीता खत्री, ४० का रामकुमार राई, दिनेश राई, मविना राई सामान्य घाइते बनेको प्रहरीले जनाएको छ। घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको प्रहरीले जानएको छ।
































