एल्जिनाको अनुसन्धान गर्न प्रहरीको कुकुर र चिकित्सकको टोली घटनास्थलमा

8.27K
shares

काठमाडौं । आइतबार दिउँसो उदयपुरको रौतामाई गाउँपालिकामा ३ मा मृत अवस्थामा फेला परेकी १३ वर्षीय बालिका एल्जिना खड्काको मृत्युको घटनाको रहस्य अझै खुलेको छैन।

शव फेला परेको २४ घण्टा बितिसक्दा पनि मृत्युको कारण पत्ता लाग्न सकेको छैन। घटना जटिल बन्दै गएपछि प्रहरीले घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको तालिम प्राप्त कुकुर प्रयोग गरेको छ।

धरानमा रहेको कुकुर तालिम केन्द्रबाट कुकुर घटनास्थलमा लगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्याल उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए। ‘घटना के र कसरी भयो खुल्न सकेको छैन। हामीले अनुसन्धानमा सहयोग पुग्ने अपेक्षासहित तालिम प्राप्त कुकर समेत पठाइसकेका छौं,’ एसपी राईले भने।

आइतबार दिउँसो रौतामाई गाउँपालिका ३ की १३ वर्षीया बालिका एल्जिनाको शव नजिकैको जंगलमा फेला परेको थियो। बालिकाको बलात्कारपछि हत्या भएको स्थानीयको आशंका भए पनि अझैसम्म कुनै कारण खुलेको छैन। बालिकाको शव पोष्टमार्टमका लागि पठाइएकाले रिपोर्ट आएपछि मात्र कारण खुल्ने राईले बताए।

शनिबार दिउँसो बाख्रा चराउन भन्दै गएकी एल्जिना राति अबेरसम्म पनि घर नर्फिएपछि आफन्त र परिवारले खोजी गरेका थिए। आइतबार बिहानसम्म नभेटिएपछि किशोरीका परिवारले जिल्ला प्रहरी कार्यालयमा हराएको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ।

उदयपुर सदरमुकामदेखि घटनास्थल करिब ८० किलोमिटरको दुरीमा पर्छ। जिल्ला प्रहरी कार्यालयबाट डिएसपी अर्जुन रानाभाटको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। स्थानीयले भने बलत्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083