फ्रान्सको अपराजित यात्रालाई नेदरल्याण्ड्सले लगायो पूर्णविराम !

7.1K
shares

काठमाडौं । नेदरल्यान्ड्सले विश्व बिजेता फ्रान्सको अविजित यात्रामा पूर्णविराम लगाएको छ । १५ खेलमा नहारेको फ्रान्सलार्इ यूइएफए नेसन्स लिगको गएराति भएको खेलमा नेदरल्यान्ड्सले हरायो ।

फ्रान्सविरुद्ध डचले २-० को जित निकालेको हो । जर्जिनो वाइनाल्डमले ४४ औं मिनेटमा क्लोज रेन्जबाट गोल गर्दै १-० को अग्रता दिलाए । खेलको अतिरिक्त समयमा मेम्फिस डेपले पेनाल्टी गोल गर्दै २-० को जित सुनिश्चत गरे ।

समूह ए ९१० मा रहेको फ्रान्सको ७ अंक छ भने नेदरल्यान्ड्सको छ अंक छ । एक खेल अगावै एक अंक मात्रै जोडेको जर्मनी रेलिगेसनमा परेको छ । समूहको अन्तिम खेलमा नेदरल्यान्ड्स र जर्मनी भिड्ने छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083