योजना सफल बनाउन तीनै तहसँग समन्वय आवश्यक : आयुक्त झा

6.27K
shares

जनकपुरधाम । राष्ट्रिय योजना आयोगकी आयुक्त डा.उषा झाले तीनै तहको सरकारले निर्धारण गर्ने नीति, कार्यक्रम तथा योजनाहरूलाई समन्वयन तथा सहकार्यको माध्यमले सघाउन तयार रहेको बताएकी छन्। उनले संघीय, प्रदेश सरकार र स्थानीय सरकारले निर्धारण गर्ने योजनाहरूलाई सफलतापूर्वक सम्पन्नका लागि तीनवटै तहका सरकारसँग आपसी समन्वय र सहकार्य गरी अघि बढे योजना आयोगको काममा सघाउने पुग्ने बताएकी हुन्।

बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा आयुक्त डा.उषा झाले संघीय सरकारको १५औँ पञ्च वर्षीय योजना तथा प्रदेश सरकारको प्रथम पञ्च वर्षीय योजनामा दिगो विकासको १७ वटा लक्ष्य निर्धारण गरिएको बताइन्। उनले दिगो विकासको १७ वटा लक्ष्यमध्ये प्रत्येक लक्ष्य एक-अर्कासँग अन्तर्सम्बन्धित रहेको र सबै लक्ष्यको उद्देश्य गरिबी निवारणसँग जोडिएको बताइन्।

योजना तथा बजेट र अनुगमन, मूल्यांकन तथा तथ्यांक प्रणालीसम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा व्यापक छलफल भएको छु उनले भनिन्, ‘विगतमा राजनीतिक अस्थिरताको कारण योजना आयोगले ल्याएको काम कारवाही प्रभावकारी हुन नसकेको, तर अब स्थिर सरकारसँगै योजना आयोगको काम कारवाही तिव्र गतिमा अघि बढ्छ ।

आयुक्त डा.झाले ७ वटै प्रदेशमा रहेको नीति आयोगसँग दिगो विकाससम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीमार्फत् समन्वय, सहजीकरण तथा सामञ्जस्यता कायम गर्न तहगत समन्वयको जिम्मेवारी राष्ट्रिय आयोग योजनालाई तोकिएको बताइन। दिगो विकाससम्बन्धी सवालमा तीनै तहका सरकारबीच आउन सक्ने बुझाइको भिन्नता, सम्भावित अन्तरविरोधको निराकरण गरि राष्ट्रिय विकासको मुल लक्ष्यमा ऐक्यबद्धता कायम गर्नुपर्ने उनले जोड दिइन्।

उनले ७ वटै प्रदेश तहमा कार्यरत पदाधिकारीहरूको योजनासम्बन्धी ज्ञान, सीप तथा दक्षता अभिवृद्धि गर्न प्रदेश सरकारसँग समन्वयमा प्रदेश योजना प्रणालीसम्बन्धी कार्यशाला सुरु गरिएको जनाइन्। प्रदेश २ का नीति आयोगका डा। सुरेन्द्र झाले प्रदेशअनुसार हाम्रो आवश्यकता अनुसारको योजना र प्राथमिकता पर्न सक्ने भएकोले संघीय सरकारले हामीलाई पूर्णतः सहयोग गर्नुपर्ने धारणा राखे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083