कांग्रेसले बिगारेको कामलाई सपार्नै सरकारलाई यति समय लाग्यो : मन्त्री ‘पण्डित’

6.4K
shares

खुदुनाबारी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले यो समयमा प्रतिपक्षी दलले सरकार फेल भयो भन्नुको कुनै अर्थ नरहने बताएका छन् ।

शनिवार झापाको अर्जुनधारामा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले प्रतिपक्षी दल कांग्रेसले सरकारको कामको मुल्याङ्कन गर्ने समय अहिले नभएको बताएका हुन् । उनले कांग्रेस सरकारमा भएको समयमा बिगारेको कामलाई सपार्दै सरकारको यतिका समय बितेको बताए । बिगतमा गरेका निर्णयलाई कार्यन्योयन गर्दै सरकार अघि बढेकाले कांग्रेसले सरकारको निर्णय गलत भन्नु आफ्नो गलत निर्णयको ढाकछोप गर्नु मात्र भएको दाबी गरे । ‘निर्णय गर्नेबेला होस छैन, अहिले कार्यन्योयन गर्दा सोहि निर्णय किन अपाच्य भयो रु’ उनले प्रतिपक्षी दललाई प्रश्न गरे ।

राष्ट्रपतिलाई गाडी र प्रहरीको प्रशिक्षणको विषयलाई अहिले प्रतिपक्षि दलले बिवादको मुख्य विषय बनाएको बताउँदै मन्त्री पण्डितले ती सबै निर्णय प्रतिपक्षी दल सरकारमा भएकै समयमा गरिएको निर्णय भएको खुलासा गरे । निर्णय गर्ने समयमा होस नपुर्‍याउने र अहिले सोहि विषयमा कराउनुको अर्थ नभएको उनको भनाई छ । राष्ट्रसेवक कर्मचारीका विषयमा बोल्दै मन्त्री पण्डितले भविष्यमा स्थानीय, प्रदेश र केन्द्रिय तहको राष्ट्रसेवक कर्मचारी हुने बताउँदै तीनै स्थानको सेवासुबिधा पनि फरक बनाउने तयारीमा सरकार रहेको बताए ।

उनले स्थानिय तहको क्षमता अनुरुप पनि सेवा सुबिधा फरक हुने संघिय निजामती ऐनको तयारी गरिरहेको बताए । एक महिना अघि देखी सो निजामती ऐनका विषयमा क्याबिनेटमा छलफल भईरहेकाले क्याबिनेटले निर्णय गर्न साथ लागुहुने हुँदा सोहि अनुसारको मानसिकता बनाउन मन्त्री पण्डितले कर्मचारीलाई निर्देशन दिए ।

नगरका कर्मचारीसँग अर्जुनधारा–८ स्थित खान्की होटलमा १ दिनको बसाईको क्रममा मन्त्री पण्डितले नगरपालिकाका कर्मचारीसँग अन्तरक्रिया गरेका थिए । कर्मचारी समायोजन, सुशासन सम्बन्धि आफ्ना–आफ्ना कुराहरु सुझावको रुपमा राखेँको नायब सुब्बा तिवेन्द्र अधिकारीले बताए । नगर प्रमुख हरि कुमार रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पंकज भुर्तेलले संञ्चालन गरेको थिए ।

मन्त्री पण्डितले नेकपाका नेता तथा कार्यकर्ता सँग भेटघाट गरेँका थिए । उक्त भेटमा नेकपाका नेता तुलसी खतिवडा, लोकनाथ गौतम, योगेन्द्र आचार्य, रघुनाथ खनाल, तारा सुवेदी, मित्र खतिवडा, कुसुम राई लगायतको टोलीले भेटघाट गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083