सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन गरिने
वि.सं.२०७५ मंसिर १३ बिहीवार १४:१३
shares

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’लाई प्रभावकारी प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सरकार प्रतिवद्ध रहेकोे बताएका छन्। मन्त्री अधिकारीले सामाजिक सुरक्षा कार्यक्रम चुनौतीपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सम्बन्धित सबै पक्षलाई साथ दिन पनि आह्वान गरे। नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनको ३८ औं स्थापना दिवसको अवसर पारेर बिहिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले श्रमिकहरुको सम्मानका लागि जीवन पर्यन्त सुविधा दिने गरी सरकारले सामाजिक सुरक्षा कार्यक्रम ल्याएको बताए।
सामाजिक सुरक्षा कार्यक्रमबाट मुलुक नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै मन्त्री अधिकारीले त्यसको कार्यान्वयनमा गम्भिर भएर लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याए। मन्त्री अधिकारीले सामाजिक सुरक्षा कार्यक्रमलाई कार्यान्वयनमा लैजान सरोकारवाला निकायहरुलाई पनि गम्भिर बन्न आग्रह गरे। उनले श्रमिकहरुलाई अवसर, सेवा र सुविधा दिएर मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार लागि परेको दावी पनि गरे।





























