मानवअधिकार तथा शान्ति समाजको सभापतिमा पुडासैनी निर्वाचित

6.06K
shares

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजको २१ औं राष्ट्रिय परिषद् बैठकले उत्तम पुडासैनीको सभापतित्वमा २७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । केन्द्रीय कार्यसमितिको वरिष्ठ उपसभापतिमा गोविन्द खनाल, उपसभापतिमा विष्णुप्रसाद चापागाईं, महिला उपसभापतिमा रेणुका पौडेल, महासचिवमा सुशिल बस्नेत चयन भएका छन् ।

सचिवमा प्रदेश १ बाट चन्द्र आङदम्बे, प्रदेश २ बाट अनन्त कोइराला, प्रदेश ३ बाट बाबुहरी आचार्य, गण्डकी प्रदेशबाट श्यामसुन्दर पराजुली, प्रदेश ५ बाट कृष्णबहादुर रावल, कर्णाली प्रदेशबाट पुष्पा मल्ल र प्रदेश ७ बाट मदनबहादुर कुँवर निर्वाचित भएका छन् । सचिव महिलातर्फ रत्नलक्षी श्रेष्ठ, सचिव दलितबाट टेकबहादुर सार्की, सचिव आदिवासी जनजातिमा बलबहादुर गाहामगर, सचिव मधेशी समुदायबाट परमानन्द चौधरी निर्वाचित भएका छन् ।

शान्ति समाजको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिला बैठकले समाजको सल्लाहकारमा पूर्वसभापति होमकान्त चौलागाईं र निवर्तमान सभापति डा.गंगाधर अधिकारीलाई मनोनयन गरेको छ भने अनुशासन समितिको संयोजकमा डिकप्रसाद घिमिरे र अपिल समितिको संयोजकमा बटुकृष्ण ढुंगेललाई मनोनयन गरेको छ । केन्द्रीय कार्यसमितिको ६ सदस्यमा गीता तिमल्सिना, गीता श्रीस, सरस्वती ढकाल, नम्रता पौडेल, रेखा राय र विभू पोखरेललाई मनोनित गरेको छ ।

मोरङको विराटनगरमा मंसिर १४ गते सम्पन्न भएको राष्ट्रिय परिषद् बैठकको उद्घाटन समारोहमा प्रदेश १ का प्रमुख गोविन्दबहादुर तुमबहाङ, प्रदेश १ का सभामुख प्रदीप भण्डारी, नेकपाका प्रवक्ता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, नागरिक आन्दोलनका अगुवा डा.देवेन्द्रराज पाण्डे, नेपाली कांग्रेसमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापा, प्रदेशसभा सांसद उमिता बराइली, मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य जयराम यादव, वरिष्ठ पत्रकार हरिबहादुर थापा, प्रतिक प्रधान र अरुण बरालले मन्तव्य व्यक्त गरेका थिए ।