एसिया प्यासिफिक सम्मेलनले नेपालको बिग्रेको छवी पखाल्ने काम गर्यो

5.12K
shares

काठमाडौं । भर्खरै मात्र सकिएको एसिया प्यासिफिक समिटले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवी उच्च बनाएको छ । नेपाल पनि ठूला–ठूला सम्मेलन गर्न सक्षम छ भन्ने यो समिटले अझै पुष्टी गरिदिएको छ । विगतमा पनि सार्क शिखर सम्मेलन, बिमस्टेक जस्ता सम्मेलन सभ्य र भव्य रुपमा सम्पन्न गरेको हामीमाझ ताजै छ । भर्खरै सम्पन्न समिट पहिलेको तुलनामा अझै ठूलो हो । र यो सम्मेलन पनि नेपालले भव्य रुपमा सम्पन्न गर्न सफल भएको छ ।

नेपाल देश भन्ने द्वन्द्वमा छ, संक्रमणमा छ भन्ने खालको जुन बिग्रिरहेको छवी थियो, त्यसलाई चौतर्फी रुपमा अन्तर्राष्ट्रिय रुपमै पखाल्नु पर्ने जरुरी थियो । यो सम्मेलनका माध्यमबाट नेपालको बिग्रेको छवी पखाल्ने काम पनि भयो । सम्मेलनमा ५० भन्दा बढी देशका प्रतिनिधि, ३ सयभन्दा बढी बिभिन्न देशका सांसद, ५ देशका सरकार प्रमुख नेपालमा आउनु भनेको त ती देशमा पनि नेपालका बारेमा चर्चा हुनु हो ।

नेपाल देश भन्ने द्वन्द्वमा छ, संक्रमणमा छ भन्ने खालको जुन बिग्रिरहेको छवी थियो, त्यसलाई चौतर्फी रुपमा अन्तर्राष्ट्रिय रुपमै पखाल्नु पर्ने जरुरी थियो । यो सम्मेलनका माध्यमबाट नेपालको बिग्रेको छवी पखाल्ने काम पनि भयो । नेपाल पनि एक सक्षम देश हो । शान्ति र स्थायित्व छ भन्ने देखाउन पनि सम्मेलन लाभदायी बनेको छ । नेपाल द्वन्द्वबाट शान्तितर्फ अनि अस्थिरताबाट स्थिरतातर्फ गएको छ भन्ने जुन बताउनुथियो, हामीले बताउने मौका पनि पायौं ।

नेपालले शान्ति प्रकृयामा अपनाएको मौलिक स्वरुपका बारेमा संसारका कुनै पनि देशमा हुने ठूला सम्मेलनहरुमा बोलौं भन्ने हुन्थ्यो । त्यो मौका हामीले आफ्नै देशमा भएको अन्तरर्राष्ट्रिय सम्मेलनमा बोल्न पायौं । यसले नेपालबारे बाहिर हल्ला गरेजस्तो संक्रमण छैन भन्ने सन्देश गएको छ । नेपाल एउटा सुन्दर र शान्त देश हो भन्ने सन्देश संसारभर छर्न पनि यो सम्मेलन एउटा माध्यम बन्न पुगेको छ । त्यसैले समग्रमा सम्मेलन लाभदायी रह्यो भन्ने नै हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083