देशभर १२ हजार चर्च, ३० लाख क्रिश्चियन धर्मावलम्बी
वि.सं.२०७५ मंसिर १८ मंगलवार १२:५७
5.43K
shares
shares

काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन्। यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार देशभर करिब १२ हजार चर्च छन्। नेपाल राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले नेपालमा करिब १२ हजार पाँच सय चर्च रहेको बताए ।
तर, त्यसको आधारिक तथ्यांक भने छैन । आधिकारिक तथ्यांक थोरै भए पनि करिब ३० लाख नेपाली क्रिश्चियन भइसकेको दाबी धर्मआबद्ध संघसंस्थाहरूको छ।




























