बुद्धिजीवीलाई प्रधानमन्त्रीको चेतावनी : ‘वादविवाद गर्न खोजेको हो ? म पनि जवाफ दिऊँ ?’

5.76K
shares

काठमाडौं । एसिया प्यासिफिक समिटमा सरकारको सक्रिय सहभागितालाई लिएर आलोचित बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पाएको पदक जायज भएको बताएका छन् । साथै आफूले जवाफ दिँदा थला पर्न सक्ने भन्दै आफूसँग वादविवाद गर्नुअघि एकपटक सोच्न बुद्धिजीवीहरुलाई चेतावनीसमेत दिएका छन् । क्रिश्चियन धर्मसँग जोडिएको विवादास्पद संस्थाले गरेको सम्मेलनमा सरकार ‘सहआयोजक’ को हैसियतमा सहभागी भएको भन्दै चर्को आलोचना भएको थियो ।

बुद्धिजीवीलाई चेतावनी – म पनि जवाफ दिऊँ ?

चुनावअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले एक टेलिभिजन कार्यक्रममा ‘तपाई बढ्ता बोल्दै हुनुहुन्छ’ भनेको प्रशंग सामाजिक सञ्जालमा भाइरल बनेको थियो । अहिले प्रधानमन्त्री ओलीले बुद्धिजीवीबारे दिएको प्रतिक्रियाले पनि सामाजिक सञ्जालमा त्यसैगरी चर्चा पाएको छ ।

केही बुद्धिजीवीहरुले तल्लो स्तरको टिप्पणी गरेको भन्दै प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनबाट बुधबार प्रशारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा असन्तुष्टि जनाए । यस्ता बुद्धिजीवीको असलियत आफूलाई जानकारी रहेको र आफूले जवाफ दिँदा थला पर्ने सम्भावना रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरूलाई म जान्दछु ।

‘मेरो बोलीमा खोट भए बहस गरौं’

प्रधानमन्त्री ओलीले अतिथि देवो भवः भन्ने नेपाली संस्कार भएको र पाहुनाको धर्म र जात नहेरिने बताए । एसिया प्यासिफिक सम्मेलन ठूलो स्केलको सम्मेलन भएको र ४५ देशका मानिसहरु आएको भन्दै उनले खुसी व्यक्त गरे । ‘१२\१५ देशका राष्ट्रप्रमुख, सरकार प्रमुख आए । सभामुखहरु आए ।

राष्ट्रपति, उपराष्ट्रपति, राजा, प्रधानमन्त्री, मन्त्रीहरु पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वसभामुख आए’ ओलीले भने, ‘यसमा मुस्लिम, बुद्ध धर्मावलम्बी, क्रिश्चियन र हिन्दु धर्माबलम्बीहरु आए, जसलाई हामीले अतिथिका रुपमा स्वागत गर्‍यौं,’ प्रधानमन्त्री ओलीले भने, ‘फेरि हामी भिसा चेक गर्दा, आमन्त्रण गर्दा, धर्म हेरेर गर्दैनां ।

एसिया प्यासिफिक समिटको एजेण्डा ‘आजका साझा चुनौती र त्यसको समाधान कसरी गर्ने’ भन्ने भएको भन्दै प्रधानमन्त्री ओलीले भने, त्यसमा नेपालको अवधारणा के हो रु नेपालले के भन्छ भन्ने कार्यकारी प्रमुखको हिसावमा मैले बोलेका कुराहरु नेपालले बोलेका कुरा हुन् । नेपालको भनाइ मैले भनेको छु । मेरो बोलाइमा कुनै खोट छ भने बहस गर्न तयार छु ।

प्रधानमन्त्रीले भने- ‘मैले त्यहाँ दुईवटा प्रवचन दिएको छु । त्यसमा कहीँ कतै, कसैको टिप्पणी छ भने नेपालको धारणाको प्रतिनिधित्व प्रधानमन्त्रीले गरेन, प्रधानमन्त्रीको बोलीमा नेपालको बोली आएन, नेपालको संविधानको प्रतिनिधित्व भएन, संस्कृति, परम्पराको प्रतिनिधित्व भएन भन्ने ठाउँ छ र? छ भने बहसका लागि म तयार छु ।’

सम्मान जायज छ

प्रधानमन्त्री ओलीले सम्मेलनका क्रममा आफूले पाएको सम्मान र त्यसलाई लिएर भएको आलोचनाबारे पनि मुख खोलेका छन् । ‘जुन सम्मान र पदक मैले पाएको हुँ, त्यो नेपाली जनताको सफलताको, नेपाली जनताको बलिदानीपूर्ण संघर्षले पाएको सम्मान हो’ उनले भने, ‘जुन बहुत जायज हो । सम्मेलनमा सबैले नेपालको उपलब्धीको प्रशंसा गरेको र त्यसको नेतृत्व गरेको तथा सुशासनको पक्षमा काम गरेकाले आफूलाई यो सम्मान दिएको उनले बताए ।

‘केहीलाई लागेको होला, नबुझिकन वा बंग्याएर गरिएको विरोधसँग तालमेल खाएन । दुनियाँ केही बुझ्दैन, यहाँ मात्र २\४ जनाले देखेको छ भन्ने होइन । प्रधानमन्त्री ओलीले एसिया समिटिमाथि भएको विरोधलाई अर्थतन्त्र र पर्यटनलाई अगाडि बढाउने प्रयासमाथिको हमला भनेका छन् ।

‘कुनै धर्मप्रति वैरभाव घृणाजनिने खालका गतिविधि जुनसुकै पार्टीका जोसुकै नेताले होस्, त्यो मसँग कसैले कुरा गरेको छैन’ उनले भनेका छन्, ‘पर्यटन व्यवसायलाई अगाडि बढाउन हामी जे प्रयास गरिरहेका छौं, हाम्रो अर्थतन्त्ररव्यवसायलाई अगाडि बढाउन जे गरिरहेका छौं, बाहिरतिर उछालेर ती प्रयासमाथि हमला गर्ने र असफल बनाउने प्रयास भएको छ, यो ठीक होइन ।