कांग्रेसमा जुट्यो सहमति : एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, सात सहमहामन्त्री हुने

4.42K
shares

काठमाडौं । नेपाली कांग्रेसले विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र सात सहमहामन्त्री राख्ने गरी सहमति गरेको छ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच शुक्रबार भएको सहमति अनुसार कोषाध्यक्षबाहेक सबै पदाधिकारी अधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने छ। कोषाध्यक्ष पनि निर्वाचित केन्द्रीय सदस्य मध्येबाटै सभापतिको प्रस्तावमा केन्द्रीय समितिले छान्ने छ।

शीर्ष नेताहरूबीच भएको यो सहमतिलाई केन्द्रीय समितिले निर्णय गर्न बाँकी रहेको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए। त्यस्तै महिला, मधेसी, आदिवासी-जनजाति, दलित, खस आर्य, अल्पसंख्यक तथा अपाङ्गबाट एकएक जना हुने गरि ७ सहमहामन्त्री हुने सहमति भएको छ। यसअघि सभापतिले मनोनित गर्ने १ सहमहामन्त्री रहने व्यवस्था थियो।

अब कांग्रेस केन्द्रीय पदाधिकारी संख्या १३ पुग्ने भएको छ। यसअघि नेताहरुबीच आठ सदस्यीय पदाधिकारी राख्ने सहमति भए पनि केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको थिएन। पदाधिकारी संख्या, सभापतिको अधिकार, जस्ता बिषयमा विवाद भएपछी एकसाता अघि ४ दिनका लागि तोकिएको महासमिति बैठक लम्बिएको छ। हिजो साँझदेखि स्थगीत महासमिति बैठक केहीबेरमा सुरू हुनेछ।

‘खाना खाने समयमा केन्द्रीय कार्यसमिति बैठक राखेर उक्त सहमति पारित गरेपछि विधान छपाउन पठाइनेछ,’ केन्द्रीय सदस्य पौडेलले भने। महासमिति बैठक शनिबारसम्म चल्ने कांग्रेसले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083