‘प्रधानमन्त्री पूर्ण कार्यकाल टिक्दैनन्’ : नेता पाण्डे

5.04K
shares

गोरखा । नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पूर्ण कार्यकालसम्म टिक्न नसक्ने बताएका छन् ।

बिहीबार गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको सतापक्षले नै सरकार ढाल्ने दावी गरे । सत्तापक्षकै सांसदहरु अहिलेको सरकारसँग रुष्ट रहेको नेता पाण्डेको दावी छ ।

‘वहुमतको नाममा सरकारले मनपरी गरेको छ,’ उनले भने, ‘हामी प्रतिपक्ष दल मात्र होइन, सत्तापक्षहरु नै रुष्ट छन्, हामी प्रतिपक्षले नसके पनि सत्ता पक्ष आफैले सरकार ढाल्छन् ।’ कतिपय अनियमिततामा सरकार आफै साक्षी बसेको नेता पाण्डेको आरोप छ । निर्मला हत्याकाण्डको दोषीलाई अहिलेसम्म कारवाही गर्न नसकेको भन्दै उनले देशमा शान्ति सुरक्षा कायम गर्न सरकार चुकेको बताएका छन् ।

राष्ट्रियसभामा विपक्षी दलका नेतासमेत रहेका पाण्डेले डा. गोविन्द केसीसँग भएको सम्झौताअनुसार नै स्वास्थ्य चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083