नागरिकताको फोटोकपीका भरमा शाखा अधिकृत!
वि.सं.२०७५ पुस २६ बिहीवार १६:२३
shares

काठमाडौं । सांसदका पीएलाई शाखा अधिकृतसरहको सुविधा दिने संसद् सचिवालयले उनीहरूबाट नागरिकताको फोटोकपी मात्र लिन्छ। सांसदका आफन्त नै भए पनि कम्तीमा शाखा अधिकृतसरहको शैक्षिक योग्यता हुनुपर्ने हो ।
तर, अहिले जागिर खाइरहेका पीएहरूको शैक्षिक योग्यता कति होरु संसदमा कतै अभिलेख छैन । सांसदले आफ्नो पीएको नागरिकताको फोटोकपी मात्रै संसदमा प्रस्तुत गर्छन् । त्यसैका आधारमा सांसदको खातामा पीएको तलब पठाइन्छ। तलब सुविधासम्बन्धी संसद्को ऐनअनुसार सांसदका पीएले शाखा अधिकृतसरहको पारिश्रमिक पाउँछन्।
तर, सांसदले श्रीमान्, श्रीमती, सालासाली र भाञ्जाभाञ्जीलगायतलाई नियुक्त गरेका छन् । ‘सांसदहरूले आफ्नो पर्सनल असिस्टेन्ट आफैँ नियुक्त गर्नुहुन्छ। कति योग्यताको पीए आफूलाई चाहिने हो त्यो उहाँहरूले नै निर्णय गर्नुहुन्छ । उहाँहरू आफैँले पिएलाई दिएको नियुक्तिपत्र, पिएको नागरिकताको फोटोकपी र सांसदको बैंक अकाउन्ट सचिवालयले माग गर्छ,’ संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले भने ।















