‘निगम र चिनी उद्योगीले धेरै सताए’ : मन्त्री यादव
वि.सं.२०७५ पुस २६ बिहीवार १६:१०
4.43K
shares
shares

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपाल आयल निगम र चिनी उद्योगीहरुले आफूलाई धेरै सताएको बताएका छन् । मन्त्री यादवले चिनी उद्योगीहरुसँग आफूले कमिसन लिएको भन्दै हुँदै नभएको आरोपसमेत खेप्नु परेको गुनासो पनि गरे ।
बिहीबार नेपाल आयल निगमको ४८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले विगतमा सरकार नै नभएजस्तो जतातलै प्वालैप्वाल परेको निगमलाई आफूले मन्त्री भएपछि टालेको दाबी पनि गरे । मन्त्री यादवले निगममा चुहावट नियन्त्रण गर्न आफू सफल भएको उल्लेख गर्दै निगमको समग्र सुधारका लागि नयाँ नेतृत्व नियुक्त गर्नु परेको पनि स्पष्ट पारे ।
मन्त्री यादवले विगतमा मन्त्री, सचिवहरु आफैले निगममाथि लुट मच्याएको आरोप पनि लगाए ।
















