प्रदेश ३ को मन्त्रिपरिषद् बैठकः के– के भए निर्णय ?

6.46K
shares

हेटौँडा । प्रदेश नं ३ को मन्त्रिपरिषद्को आज अपराह्न मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । मन्त्रिपरिषद्ले मन्त्री तथा राजनीतिक नियुक्ति भएका पदाधिकारीले आफ्नो पदीय आचरण र मर्यादा पालना गर्नुपर्ने, प्रदेशको १३ वटै जिल्लामा मुख्यमन्त्री विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, प्रदेशमा आइपर्ने विपद्लाई दृष्टिगत गरी विपद् व्यवस्थापन तथा विपद् कोष सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाउनेसम्बन्धी निर्णय गरेको मन्त्रिपरिषद्का प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083