महेश बस्नेतको प्रस्ताव – प्लास्टिकका खोल हुने सामानको मूल्य लिउँ र खोल फिर्ता गरेपछि रकम फिर्ता गरौं
वि.सं.२०७५ माघ २५ शुक्रवार ११:२९
6.58K
shares
shares

काठमाडौं । नेकपाका सांसद महेश बस्नेतले प्लास्टिकको अतिरिक्त मूल्य लिने र त्यसलाई फिर्ता गरेपछि अतिरिक्त रकम फिर्ता गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । प्लास्टिकहरू सरसफाइमा बाधक बनेको भन्दै बस्नेतले यस्तो माग गरेका हुन् ।
प्रतिनिधिसभाको शुक्रवारको बैठकको शून्य समयमा बस्नेतले भने- ‘सामान किन्दा प्लास्टिकको अतिरिक्त मूल्य लिने र त्यो प्लास्टिक फिर्ता गरेपछि रकम पनि फिर्ता गर्ने’ व्यवस्था गर्न माग गर्दछु ।
जस्तो कि चाउचाउको मूल्य १५ छ भने त्यसलाई १६ रुपैयाँमा बिक्री गर्ने र त्यसको खोल फिर्ता गरेपछि १ रुपैयाँ फिर्ता दिँदा सरसफाइमा योगदान पुग्छ । साथै उनले गुठ्खा र सुर्तीजन्य पदार्थ पनि सरसफाइमा बाधक बनेको भन्दै त्यसलाई प्रतिबन्ध लगाउन माग गरे ।













