१३० फिट अग्लो पहाड अचानक ३०० फिट गहिरो खाडलमा बदलियो

6.07K
shares

पटना। के १३० फिट अग्लो पहाड भएको ठाउँमा ३०० फीट गहिरो खाडल बनाउन सकिन्छरु त्यो पनि कसैको अनुमति नलिई। तर भारतको बिहारमा यस्तै घटना भएको छ। विहारको गया जिल्लामा रहेको मिर्जापुर पहाड १३० फिट अग्लो थियो। तर अहिले त्यहाँ ३०० फिट गहिरो खाडल रहेको छ। त्यहाँको एक कम्पनीलाई सरकारले १२ एकड जमिनबाट ढुङ्गा निकाल्न अनुमति दिएको थियो। तर उक्त कम्पनीले १५० एकड जमिनबाट ढुङ्गा निकाल्न शुरु गर्यो।

त्यो कारणले गर्दा त्यहाँ रहेको पहाड खाडीमा परिणत भयो। त्यहाँका बासिन्दाहरु सधै डरमा बसिरहेका हुन्छन्। उनीहरुले पटना उच्च अदालतमा उजुरी दर्ता गरे। सोही उजुरीको आधारमा अदालतले मंगलबार उत्खनन विभागलाई त्यहाँको अवस्थाको बारेमा जानकारी गराउन निर्देशन दिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083