त्रिवि विरुद्ध आन्दोलन गर्ने सत्तारुढ विद्यार्थी संगठनको घोषणा

4.17K
shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको मिति घोषणा गरेर निर्वाचन कार्यतालिका सार्वजनिक नगरेको भन्दै अखिल र अखिल (क्रान्तिकारी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। अखिल र क्रान्तिकारीका अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङले विज्ञप्ति प्रकाशित गरी भोलि (सोमबार) ११ बजे उपकुलपतिको कार्यालय घेराउ गर्ने बताएका छन् ।

यस्तै, विज्ञप्तिमा मंगलबार देशभरका स्ववियु निर्वाचन हुने क्याम्पस प्रमुखको कार्यकक्षमा प्रदर्शन गर्ने उल्लेख गरिएको छ। त्रिविले यही फागुन १४ गते स्ववियु निर्वाचनको घोषणा गरेपनि कार्यतालिका घोषणा गरेको छैन।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083