नेकपा सचिवालय बैठक सुरु, जनसंगठन र जिल्ला कमिटी एकताको एजेण्डामा छलफल जारी

4.07K
shares

काठमाडौं । पार्टी एकताको काम टुंग्याउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। एकता प्रक्रिया टुंगो लगाउन पटकपटक कार्यदलमाथि कार्यदल बनाई गृहकार्य गर्दासमेत प्रक्रिया लम्बिएपछि आवश्यक निर्णय लिन सचिवालय बैठक बसेको हो।

कार्यदलबाट टुंगो लाग्न नसकेपछि नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड आफैले प्रस्ताव तयार पारी एकता प्रक्रिया टुंग्याउनेगृहकार्य गरिरहनुभएको बेला सचिवालय बैठक बसेको हो।

सचिवालय र स्थायी समिति बैठकमा प्रस्तुत गर्न अध्यक्षद्वय ओली र प्रचण्डले एकताको प्रस्ताव तयार पार्न पटकपटक छलफल गर्नुभएको थियो। हिजो पनि अध्यक्षद्वय ओली र प्रचण्डले लामो छलफल गर्नुभएको थियो। दुवै अध्यक्षले पछिल्लो कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेललाई पनि बालुवाटार बोलाई अध्यक्षद्वयले आइतबार एकता गृहकार्यबारे छलफल गर्नुभएको हो। आजको बैठकमा एकतामा थप बिलम्ब गर्न नुहने धारणा अध्यक्षद्वयले राख्नुभएको छ।

ओली र प्रचण्डले गत माघ २६ देखि नै तल्लो तह र जनवर्गीय संगठनको एकता प्रस्ताव तयार पार्न निरन्तर छलफल अघि बढाउनु भएको थियो। स्थायी समितिले गठन गरेको पछिल्लो कार्यदलले समय थप्ने माग बाहेक कुनै सहमतिजुटाउन नसकी प्रतिवेदन बुझाएको छ। आजको सचिवालय बैठकमा सोही बिषयमा समेत छलफल भइरहेको छ।

नेकपाले केन्द्रीय निकायहरू (केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च), ३२ केन्द्रीय विभाग र भूगोलका ७७ जिल्लाको एकता टुंगो लगाउन बाँकी छ। त्यसैगरी पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, चार विशेष जिल्ला कमिटी र तिनलाई नेतृत्व गर्ने प्रदेशसरहको विशेष कमिटी, सम्पर्क समन्वय कमिटी, प्रदेश सम्पर्क कमिटी गठन गर्न पनि नेकपाले सकेको छैन ।

प्रवास क्षेत्रको एकीकरण, जनवर्गीय संगठनहरू केन्द्रदेखि स्थानीय तहसम्मको पनि बाँकी रहेको छ । एकता पर धकेलिँदा कार्यकर्तामा उत्साह मर्न थालेको छ। यही यथार्थ बुझेर तत्काल एकताको काम टुंगो लगाउन सचिवालयमा छलफल भइरहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083