सांसद अमरेशलाई झपटको चुनौती : ‘तपाई आफैं गीत गाउनुस्, एक महिनाको तलब दिन्छु’

4.89K
shares

काठमाडौं । पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतको बहस संसदमा पनि प्रवेश गरेको छ। सोमबार बसेको संसदको बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले जनताको गीत गाएको भन्दै २५ हजार दिने घोषणा गरे।

तर, नेकपाका सांसद झपट रावलले त्यसको काउन्टर गरे। सुशील कोइरालाको सरकार भएको बेला ‘मलाई अमेरिका यही’ बोलको गीत गाएका शर्माले अहिले अज्ञानतामा यस्तो गीत गाएको टिप्पणी गरे।

विपक्षी सांसदले पुरस्कार दिने घोषणा गरेकोमा असन्तुष्ट उनले भने, ‘तपाई आफैं त्यो गीत गाउनुस्, म एक महिनाको पाारिश्रमिक दिन्छु ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083