आजको राशिफल यस्तो छ हेर्नुहोस

4.8K
shares

काठमाडौं। वि।सं।२०७५ साल फाल्गुन ०७ गते। मंंगलबार । ईश्वी सन् २०१९ फेब्रुवरी १९ तारिख। नेपाल संवत् ११३९

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिगतका गल्ति तथा कमि कमजोरिहरुलाई सच्याउदै परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरवर्गहरुको ईज्जत राख्न सकिने समय रहेकोछ भने शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको जनताको काम गर्न सक्दामात्र मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानमा उपलब्धिमुलक नतिजा नआएपनि आगामि दिनहरुमा काम गर्न सहज हुनेछ। आमा तथा आमा सरहका मानिस सँग टाडिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बादबिवाद तथा मुद्दा मामिलामा सहभागि नहुनुहोला नकरात्मक नतिजा आउनेछ । सकसपुर्ण तथा झन्झटिलो यात्रा हुनेछ। व्यापार व्यावसायमा सन्तोष जनक प्रगति हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा काम गर्न असजिलो महशुष हुनेछ। बिद्यामा सफलता पाउन कडा मेहनेत गर्नु पर्नेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसाय फस्टाएर जानेछ भने होटल तथा रेष्टुरामा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ। आत्मिय मित्र तथा साभिभाईहरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ। अध्ययन तथा अध्यापनमा मन जाने हुनालेनतिजा आफैतिर ल्याउँन सकिनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो संघर्ष पछि मात्र उपलब्धि हात लाग्ने समय रहेकोले काम गर्दा ध्यान दिनुहोला। व्यापार व्यावसायमा प्रशस्त समय दिए मात्र आम्दानि बढाउन सकिनेछ भने नया काम थालनि गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिनुहोला। पढाई लेखाईमा सफलता प्राप्त गर्न निकै नै मेहनेत गर्नु पर्नेछ। माया प्रेममा नजिक भए पनि आत्मियताको कमि महशुष हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ। प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ। पढाई लेखाईमा भनेजस्तो नतिजा आउँनाले मन प्रशन्न हुनेछ। मध्यान्हबाट अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तित रहनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिद्यामा सोचे अनुरुपनै प्रगति हुनेछ। परिवार तथा आफन्तहरु तपाईको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ। दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ। माया प्रेममा बिश्वासको वाताबरण झन कसिलो भएर जानेछ। सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले धार्मिक यात्रा तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुदा अध्ययन,अध्यापनमा मन जाने तथा व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ। मध्यान्हबाट राज्य बाट पाउने सेवा सुबिधाबाट बञ्चित हुनु पर्नेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ। धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ। आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ। लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्गे आम्दानि हुनेछ । रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रा सँग सम्बन्धित कार्यहरु हुनेछन्। अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साझेदारि व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ। पर्यटन सम्बन्धि व्यावसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ। माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आर्थिक स्थिति उकास्न सकिनेछ । पढाईमा देखिएको कमजोरि सुधार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ। आत्मिय मित्र तथा मन मिल्ने साथि फेला पार्न सकिनेछ भने माया प्रेममा प्रसस्त समय रमाउँन सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083