महासमिति बैठकपछि कांग्रेसभित्रको विवाद उत्कर्षमा

4.37K
shares

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको बिहीबार दिउँसो एक बजे केन्द्रीय कार्यसमितिको बैठक बस्ने कार्यक्रम थियो। निर्धारित समयमै बैठक बस्ने अनुमान गर्दै अधिकांश केन्द्रीय नेता एवं केन्द्रीय सदस्यहरु पार्टी कार्यालय सानेपा पुगेका थिए। तर एक बजे केन्द्रीय कार्यसमितिको बैठक सुरु भएन। बरु नेताहरुले आफ्नो कार्यकक्षमा आफ्नो गुटमा नेतासँग छलफल गर्न थाले।

सभापति देउवा आफ्नो गुटमा नेतासँग छलफल गर्न थाले भने अन्य नेताहरु पनि आफ्नो समूहको नेतासँग छलफल गर्न थाले। तर औपचारिक रुपमा केन्द्रीय समितिको बैठक बसेन। बिहीबार बैठक बस्न नसके पछि आइतबार पुन बस्ने जानकारी गराइएको छ। यति बेला कांग्रेसमा तीव्र गुटबन्दी छ। सभापति देउवा माथि पनि गुटको राजनीति गरेको आरोप लाग्ने गरेको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले देउवाले पार्टी नभएर गुट मात्र चलाएको आरोप लगाउँदै आएका छन्। देउवा र पौडेल पक्षबीचको विवादका कारण केन्द्रीय कार्यसमितिको बैठक नै प्रभावित हुँदै आएको छ। दुई नेताहरुबीचको विवादकै कारण बिहीबार बोलाइएको केन्द्रीय कार्य समितिको बैठक नै स्थगित भयो। हालै सम्पन्न भएको महासमिति बैठकबाट केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेको विधानलाई अन्तिम रुप दिन आवश्यक थप छलफल गरेर सहमतिको प्रयास गर्ने गरी बैठक स्थगन बताइएको छ।

दुई नेताबीचको विवादका कारण प्रमुख प्रतिपक्ष दल कांग्रेसमा विधानको बहस निरन्तर धकेलिँदै गएको छ । महासमितिका पाँचवटा प्रस्तावलाई परिमार्जन गरेर अन्तिम टुंगो लगाउन एक महिनामा बसेका कांग्रेस केन्द्रीय समितिका आठ दिनका बैठक प्रस्तावलाई अन्तिम रूप दिन असफल भएका छन् । गत १० माघमा विधान परिमार्जन सहितका विषयमा छलफल गर्न बसेयता पटक–पटकका आठ दिनका बैठकमा मुख्य गरी महाधिवेशन प्रतिनिधि हुन केन्द्रीय पनि जितेर आउने कि स्वत : हुने भन्नेमा मुख्य विवाद छ ।

समानुपातिकतर्फ एकपटक मात्रै प्रतिनिधित्वको अवसर दिने र सधैं दिने भन्ने विवाद पनि टुंगो लाग्न सकेको छैन। पौडेल पक्षले महासमिति बैठकको भावनाअनुसार सभापति देउवा नचलेको आरोप लगाउँदै आएका छन्। देउवाले महासमिति बैठकको समापन समारोहमा महासमिति बैठकमा जिल्ला सभापतिहरुले महासमिति बैठकमा, केन्द्रीय समितिमा रहेका नेताले महाधिवेशन प्रतिनिधिका रुपमा बुथ तहबाट निर्वाचित भएर आउनुपर्ने र केन्द्रीय समितिमा एक पटक आरक्षण वा समावेशी कोटाबाट उम्मेदवार भइसकेको व्यक्ति अर्को पटक पुन : उम्मेदवार बन्न नपाइने बिषयमा प्रतिबद्धता जनाएका थिए।

तर लगत्तै सुरु भएको केन्द्रीय समितिको बैठकमा महासमितिमा जनाएको प्रतिवद्वता कार्यान्वयनका लागि सभापति देउवाले अनिच्छा देखाएपछि केन्द्रीय कार्यसमिति बैठक विवादित बन्दै गएको छ। पौडेल कुनै पनि हालतमा महासमिति बैठकको निर्णय र भावनाअनुसार अघि बढ्नुपर्नेमा अडिग छन्। पछिल्लो समय सभापति देउवा कोइराला परिवारप्रति पनि आक्रामक देखिएका छन्। उनले कोइराला परिवारलाई इंगित गर्दै पार्टी कसैको बपौती नभएको प्रतिक्रिया दिएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083