मुख्यमन्त्री पोखरेलसँग जर्मन राजदूतको भेट

4.63K
shares

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग जर्मनीका राजदूत रोल्याण्ड शेफर सहितको टोलीले आइतवार भेटवार्ता गरेको छ। भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ। त्यस अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले अहिले कानून निर्माण र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको तथा संघीय संरचना अनुसार सांगठनिक संरचना तयार भएको जानकारी गराएको उनका प्रेस सल्लाहकार शेरबहादुर केसीले जनाएका छन्।

मुख्यमन्त्री पोखरेलले संघीयता कार्यान्वयनका क्रममा विश्वका अनुभव अध्ययन गर्ने क्रममा जर्मनीको अनुभव पनि अध्ययन गरेको र नेपालको संघीयता मौलिक चरित्रको भएको बताए। उनले प्रदेशको समृद्धिबाट मुलुकको विकासलाई अघि बढाउन खोजेको तथा नेपालको विकास प्रयासमा यो प्रदेशलाई नमूना बनाउन खोजेको जानकारी दिए।

मुख्यमन्त्री पोखरेलले नेपालको विकास प्रयासमा जर्मनीको निरन्तर सहयोग रहेकोप्रति प्रसंशा गर्दै प्रदेशको विकास प्रयासमा जर्मनीको सहयोगको अपेक्षा गरेको बताए। उनले जर्मनीका लगानीकर्ता इच्छुक भए स्वागत गर्न तयार रहेको बताएको बताए। भेटमा राजदूत शेफरले जर्मनीको सहयोग र लगानी प्रदेशको प्राथमिकताका आधारमा गर्न चाहेको बताए।

उनले लगानीका लागि प्राथमिकताका क्षेत्र, अनुकूल कानूनी वातावरण, तालिमप्राप्त जनशक्ति लगायतका विषयमा जिज्ञासा राखेका थिए। भेटमा उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनमा जर्मनीको इच्छा रहेको जानकारी दिए। भेटमा जर्मन संसद्का सदस्य टोबिया पिफुगर, बेटिना स्टर्क, गबिइले कट्मार्क, संसद्का प्रमुख मोनिका हेइन लगायत सहभागी थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083