प्रतिनिधिसभा बैठक आज, सदन चल्न नदिने राजपाको चेतावनी

4.69K
shares

काठमाडौ‌ं । राष्ट्रिय जनता पार्टी राजपा नेपालले सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने जनाएको छ। टीकापुर घटनाबारे सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने राजपाको अडान कायमै छ।

यसअघि आइतबार बसेको प्रतिनिधिसभाको बैठक पनि राजपाले अवरुद्ध गरेको थियो। सभामुख कृष्णबहादुर महराले बारम्बार रुलिङ गर्दा समेत सरकारले प्रतिवेदन सार्वजनिक नगरे पछि बाध्य भएर सदन आन्दोलन थालेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए। सरकारले संसदको रुलिङ नमान्नु दुर्भाग्यपूर्ण रहेको भन्दै नेता यादवले लाल प्रतिवेदन सार्वजनिक नभएसम्म सदनको कामकारवाही अगाडि बढ्न नसक्ने जानकारी दिए।

आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा सांसद रेशम चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय भएको राजपाको बुझाई छ। नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र मुख्य सचेतक देव गुरुङले सहमतिका लागि राजपा नेताहरुसँगको छलफल जारी राखेका छन्। प्रतिनिधिसभामा आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक सम्बन्धी समितिको प्रतिवेदन सहित प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083