सरकार असफलतातर्फ उन्मुख भयोः डा. भट्टराई
वि.सं.२०७५ चैत ११ सोमवार १४:१०
6.6K
shares
shares

काठमाडौँ। नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा। बाबुराम भट्टराईले सरकार असफलतातर्फ उन्मुख रहेको बताएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईले बाह्य लगानी घटेको, मुलुकको व्यापार घाटा बढदै गएको, तथा विकास खर्च समेत लक्ष्य अनुसार हुन नसक्दा सरकार असफलतातर्फ उन्मुख हुन पुगेको बताएका हुन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारको एक वर्षे कार्यकालबाट जनता समेत सन्तुष्ट हुन नसकेको दावी गरे।
जनताको अपेक्षा अनुसार तीव्रताका साथ मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि सरकारले आवश्यक कदम चाल्न सकेको देखिएन’संयोजक भट्टराईले भने,‘सरकारले वैदेशिक सम्बन्धमा समेत सन्तुलन कायम गर्न नसकेको देखिन्छ।





























