‘टिकापुर घटनालाई राजनीतिक आन्दोलनको रूपमा लिनुपर्छ’ : राजेन्द्र महतो

12.68K
shares

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली डा.सिके राउतको प्रवक्ता बनेको टिप्पणी गरेका छन। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य महतोले प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिमा एकपछि अर्को अपरिपक्वता प्रर्दशन गरिरहेको आरोप लगाए।

उनले टिकापुर घटनालाई राजनीतिक घटनाको रूपमा बुझिदिन पनि आग्रह गरेका थिए। नेता महतोले तत्कालीन माओवादी सशस्त्र युद्धलाई जनयुद्ध भन्न मिल्ने तर टिकापुर घटनालाई अपराधिक गतिविधि भन्दै रेशम चौधरीलगायतका राजनीतिक व्यक्तिहरूलाई जन्मकैदको सजाय दिइएको उल्लेख गर्दै आपत्ति पनि जनाएका थिए।

महतोले झापा आन्दोलनलाई राजनीतिक आन्दोलन भनेजस्तै टिकापुर घटनालाई पनि थरुहट आन्दोलनको रूपमा लिनुपर्ने बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083