डिभिजन वन कार्यालय सिमराका अधिकृत ९० हजार घुससहित पक्राउ

4.6K
shares

बारा। डिभिजन वन कार्यालय सिमराका जिल्ला वन अधिकृत शिवशंकर ठाकुर ९० हजार घुससहित रंगेहात पक्राउ परेका छन्। हेटौंडाबाट बारा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले शुक्रबार दिउँसो अधिृकत ठाकुरलाई रंगेहात पक्राउ परेका हुन।

उनीसँगै वन कार्यालयका सहायक अधिकृत रामजीवन केसरी २५ हजार घुससहित रंगेहात पक्राउ परेका छन्। सेवाग्राहीसँग अधिकृत ठाकुरले ९० हजार र सहायक अधिकृत केसरीले २५ हजार घुस लिए लगत्तै अख्तियारको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

सेवाग्राहीसँग घुस लिएर हैरान बनाएको उजुरी परेपछि प्रहरी नायव उपरीक्षक केशव भट्टराईको नेतृत्वमा अख्तियारको टोली बारा आइपुगेको हो। घुस प्रकरणको विषयमा थप अनुसन्धान भइरहेको अख्तियारको टोलीले बताएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083