अब मलाई कुनै डर र लोभ छैन : अध्यक्ष प्रचण्ड

8.78K
shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका सबै काम सम्पन्न भइसकेको बताएका छन्। र आफूलाई व्यक्तिगत रुपमा कुनै डर नभएको जानकारी दिए।

आफू विरुद्ध विभिन्न ठाउँमा उजुरी दिने काम भइरहे पनि त्यसबारे आफूलाई कुनै डर नभएको प्रचण्डको भनाइ छ।राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘शान्ति प्रक्रियासँग जोडेर कतिपय मानिसले मलाई प्रचण्ड डराएको जस्तो ठान्छन्, तर मलाई अब कुनै डर छैन।

शान्ति सम्झौता भएको छ, संविधान बनेको छ, देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको, देश अब समृद्धितिर जाँदैछ, व्यक्तिगत रुपमा अब मलाई न त कुनै डर छ, न त कुनै लोभ छ।’ पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका बेला आफूविरुद्ध उजुरी हाल्ने काम भएको भन्दै प्रचण्डले त्यसप्रति असन्तुष्टि जनाएका छन्।

शान्ति प्रक्रियाका सन्दर्भमा देश भित्रै केही मत–मतान्तर हुनु स्वभाविक भए पनि देश बाहिर रहेका नेपालीले शान्ति प्रक्रियालाई गलत सिद्ध गर्ने गरी विभिन्न नेताहरु विरुद्ध उजुरी दिने काम गरेको प्रचण्डको भनाइ रहेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083