लगानी सम्मेलन ऐतिहासिक प्रधानमन्त्री: ओली

5.6K
shares

मोरङ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सम्पन्न लगानी सम्मेलन सफल र भव्य भएको बताएका छन्। विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले केही दिनका लागि लगानी कर्ताका लागि विभिन्न आयोजना छनोटका लागि समय दिइएको समेत बताए।

विश्वबैंक, एलियाली विकास बैंकदेखि थुप्रै लगानीकर्ताहरूको प्रतिबद्धता र उत्साह देख्दादेख्दै असफल भयो भन्नुको कुनै दबाई नभएको ओलीको भनाइ थियो। उनले चालू आर्थिक वर्षलाई आफूहरूले आधार वर्षको रूपमा लिएको र यस वर्षमा पनि आठ प्रतिशतको आर्थिक वृद्धिदर हुने अपेक्षा गरिएको प्रधानमन्त्रीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले अब विकास निर्माणका आयोजनाहरू कार्यान्वयनको वर्ष हुने बताउँदै तीव्र गतिमा हुने विकास निर्माणको कामलाई अगाडि बढाउन लगानी सम्मेलन ऐतिहासिक सफल भएको पनि बताए। प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै दर्ता भएको औपचारिक पार्टी नभएको र उसका हिंसात्मक गतिविधिलाई प्रतिबन्ध लगाएको बताउँदै पक्राउ परेकाहरूलाई प्रमाण, आधार र कारण नपुगेको कारण अदालतले छाड्नु स्वभाविक भएको समेत बताए।

अदालतले आफ्नो ढंगले काम गर्ने र सरकारले राजनीतिक नीति, कानून र संविधानबमोजिम काम गर्ने बताउँदै उनले थुन्ने र छोड्ने कुरामा अदालतले गर्ने फैसला स्वभाविक हुने पनि बताए। सरकारले प्रमुख निर्वाचन आयुक्त नियुक्ति पार्टीको मान्छे नगरेको र प्रतिपक्षी दलका नेतासँग पनि छलफल गरेरै नियुक्ति गरेको प्रधानमन्त्रीको भनाइ थियो। उनले विभिन्न नियुक्ति प्रक्रियामा कांग्रेसले भागबण्डा मागेको बताउँदै आफू त्यसको विपक्षमा रहेको पनि प्रधानमन्त्रीले प्रष्ट समेत पारेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083