औषधी र लत्ताकपडा बोकेर एक्लै बारा पुगे डा.गोविन्द केसी

6.59K
shares

काठमाडौं। त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी हावाहुरी प्रभावित बारा जिल्ला पुगेका छन्। हावाहुरीबाट घाइतेहरूको उपचार गर्न केसी बाराको फेटास्थित पुरनियाँ गाउँ पुगेका हुन्। उनले त्यहाँ स्वास्थ्य शिविर चलाउने छन्। पीडितलाई लत्ताकपडा र खाद्यान्न वितरण गर्नेछन्। केसी सोमबार रात्रीबस चढेर एक्लै बारा हिँडेका थिए। उनले विभिन्न प्रकारको औषधी बोकेका छन्। फेटा बाराको सबैभन्दा बढी हावाहुरी प्रभावित ठाउँ हो।

केसीले सो क्षेत्रमा मंगलबार दिनभरि शिविर चलाउने भएका छन्। उनले हाडजोर्नी सम्बन्धी औषधी बढी बोकेका छन्। यस्तै, सिटामोल, पारासिटामोललगायत विभिन्न प्रकारका औषधी वितरण गर्ने छन्। आफ्नो व्यक्तिगत खर्चमा उनी हावाहुरी पीडितको उपचार गर्न गाउँमै पुगेका हुन्। सोमबार राति हावाहुरी आउँदा बारा र पर्सा जिल्लामा २८ जनाको मृत्यु भएको थियो। घटनामा तीन सय बढी घाइते छन्। घाइतेहरूको बारा र पर्साका विभिन्न अस्पतालहरूमा तथा काठमाण्डुस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।