आज ६२ औं सहकारी दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै
वि.सं.२०७५ चैत २० बुधवार १०:३१
9.05K
shares
shares

काठमाडौं । आज देशभर ६२ औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ। राष्ट्रिय सहकारी महासंघ, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लगायतको आयोजनामा देशभर सहकारी दिवसका अवसरमा विविध कार्यक्रम गरिने भएको हो।
राष्ट्रिय सहकारी महासंघले यस वर्षका लागि दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नारा तय गरेको छ। अघिल्लो वर्षमा पनि यही नाराका साथ दिवस मनाइने गरिएको थियो।
वि.सं. २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनलाई नै स्थापना दिवस मनाउने गरिएको छ। सहकारी विभागका अनुसार देशभर ३४ हजार भन्दा वढी सहकारीहरु छन्।































