विकासको काम तीव्र रूपमा भइ रहेको छ : पूर्वसभामुख नेम्वाङ

4.32K
shares

इलाम । नेपाल कम्युनिष्ट पार्टीका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले मुलुकमा तीव्र रूपमा विकासको काम भइरहेको बताएका छन्।

इलाम देउमाई नगरपालिकाको ‘पर्यटन र साहित्य महोत्सव’को आज उद्घाटन गर्दै उनले भने, “सरकार सुखी नेपाली समृद्ध नेपालको नारा लिएर मुलुकको विकास निर्माणमा लागेकाले यसमा सबैले सहयोग गर्नुपर्छ। ”

नेता नेम्वाङले नेकपा नाम रहेको ‘विप्लव’ समूहले अहिले मुलुकमा विध्वंश र त्रास फैलाउन लागिपरेको बताउँदै राष्ट्र निर्माणका लागि अब बन्दुक बोकेर हिँड्न सम्भव छैन भने।

देउमाईको मङ्गलबारेमा भएको यो महोत्सवले यहाँको पर्यटन प्रवद्र्धनमा धेरै सहयोग गर्ने विश्वास व्यक्त गर्दै उनले इलाम आफैंमा एक पर्यटकीय जिल्ला भएकाले यहाँका पर्यटकीयस्थलको प्रवद्र्धन गर्न सकेमा इलाम पर्यटकका लागि प्रमुख आकर्षक गन्तव्य हुने बताए। महोत्सव दुई दिनसम्म सञ्चालन हुने छ।


divya collage
unigloble collage