‘भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइए सैह्य हुदैंन’ : प्रधानमन्त्री ओली

6.19K
shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम देखिने गरी काम गर्न सबै निकायलाई कडा निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुन नदिन सबै सरकारी निकायलाई पारदर्शी ढंगले काम गर्न सचेत गराएका हुन्। आइतबार सिंहदरबारमा बसेको गरिवी निवारणको कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइए सैह्य नहुने चेतावनी दिए।

कोषका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गरिवी निवारणको क्षेत्रमा गरेका कामको मूल्यांकन गरेर मात्रै गरिवी निवारण कोषको लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्ने बताउनु भएको कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईले जानकारी दिए। कोषले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ।

त्यसै गरी ३२ हजार गरिवी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय पनि गरिएको कोषका उपाध्यक्ष भट्टराईले बताए। गरिवी निवारणसँग सम्बन्धित हाल ३२ हजार संस्थाहरु रहेका छन्। उनीहरुको संचालन र त्यसमा रहेको कोषको परिपाचन पनि स्थानीय तहले नै गर्ने कोषले निर्णय लिएको पनि गरिवी निवारण कोषले जनाएको छ।


divya collage
unigloble collage