‘सरकारले एक वर्षे कार्यकालमा तीव्र विकास गरेको छ’ : मन्त्री महासेठ
वि.सं.२०७५ चैत २५ सोमवार १८:२९
5.17K
shares
shares

काठमाडौं । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सो विद्युतीय रेलमार्ग निर्माणका लागि डिपीआर तयार भईसकेको जानकारी दिए।
सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले करिव १ हजार किलोमिटर लम्बाई रहेको सो रेलमार्गको निर्माण कार्य आगामी आर्थिक वर्षको श्रावण महिनाबाटै सुरु गर्ने योजना पनि अघि सारे। मन्त्री महासेठले सरकारले एक वर्षे कार्यकालमा विकास निर्माणको काममा उल्लेख्य प्रगति गरेको दावी पनि गरे।


















