सरकारले गरिब नागरिकको निःशुल्क बीमा गरि दिन्छ : अर्थमन्त्री खतिवडा

5.8K
shares

काठमाडौं । सरकारले गरिब नागरिकको पनि निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन गरिब नागरिकलाई पनि एक लाखको निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेका हुन्।

]नेपाल आँखा अस्पतालको ४५ औँ वार्षिक साधारण सभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर संचालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलाई देशभर संचालन गर्न आवश्यक नीतिगत र कानुनी व्यवस्था पनि गरिएको जानकारी दिए।

सरकारले ७० वर्ष नाघेका वृद्धवृद्धाहरूलाई एक लाखको निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ। अब गरिब नागरिकको पनि निःशुल्क स्वास्थ्य बीमा दिने अर्थमन्त्री खतिवडाले बताए। अर्थमन्त्री खतिवडाले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच वृद्धिका लागि निजी क्षेत्रका अस्पतालहरूको पनि सहयोगको अपेक्षा गरिएको बताए। नयाँ संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा राखेकाले सबै नागरिकलाई सो सेवामा सहज पहुँच पुर्‍याउन सरकारका लागि परेको अर्थमन्त्री खतिवडाको भनाइ थियो।


divya collage
unigloble collage