सरकार विप्लवसँग वार्ता गर्न तयार छ : उर्जामन्त्री पुन

5.79K
shares

रोल्पा  उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले सरकार असन्तुष्ट पक्षसँग संवाद गर्न तयार रहेको बताएका छन्। जनयुद्धको उद्गम स्थल रोल्पाको थवाङमा पुगेका मन्त्री पुनले विप्लव समूहलाई लक्षित गर्दै यस्तो कुरा बताएका हुन्।

उनले शान्ति प्रक्रियाबाटै सबै समस्याहरु हल हुने भएकाले द्वन्द्व अब कुनै पनि समस्याको समाधान नरहने उल्लेख गरे। यस अघिको जनयुद्ध समेत शान्ति प्रक्रियाबाटै यहाँसम्म आएको बताउँदै पुनले धेरै विवादहरु संवादबाटै हल भएको बताए।

उनले कुनै पनि पक्षलाई असन्तुष्ट रहने अवस्था सरकारले नदिने दावी गरे। ‘सबै विवाद र असन्तुष्टको समस्या शान्ति प्रक्रिया र चुनाव नै हो’ उनले भने ‘ती कुरालाई बेवास्ता गरेर अघि बढ्न सकिँदैन, द्वन्द्व कुनै असन्तुष्ट कुराको समाधान होइन। यसैबीच पर्यटन वर्ष २०२० का लागि सरकारले घोषणा गरेको उत्कृष्ट १ सय गन्तव्यमध्येको जलजला क्षेत्रलाई पर्यटन अभियानका रुपमा सुभारम्भ गरिएको छ। आन्तरिक पर्यटकका रुपमा काठमाडौंबाट आएको ३० जनाको भ्रमण टोलीलाई जनजलाको महत्वका बारेमा जानकारी गराउँदै मन्त्री पुनले अभियानको सुभारम्भ गरे।

मन्त्री पुनले जनयुद्धको सुरुआत जलजलाबाटै भएकाले यो ऐतिहासिक गन्तव्य रहेको बताए। उनले जलजलामा आन्तरिक पर्यटनको संभावना अत्याधिक रहेको औंल्याए। समुदायमा आधारित जलजला संरक्षण क्षेत्रको प्राविधिक काम अहिले अन्तिम चरणमा रहेको मन्त्री पुनले बताए। राष्ट्रिय प्राकृतिक संरक्षण कोषको सहकार्यमा हालै तीन जनालाई ‘नेचर गाइड ट्रेनिङ’ प्रदान गरिएको छ भने जलजला पुग्नका लागि विभिन्न ठाउँहरुमा सांकेतिक चिन्ह राख्ने काम धमाधम भइ रहेको छ।


divya collage
unigloble collage