रोनाल्डोको २ गोलमा युभेन्टसको जित
वि.सं.२०७६ मंसिर ३० सोमवार ०५:३२
8.23K
shares
shares

काठमाडौं- रोनाल्डोले २ गोल गरेपछी युभेन्टस्को सहज जित भएको छ । युभेन्टस्ले उडिनेसीलाई ३-१ गोलले हराउदा रोनाल्डोले सुरुवाती दुई गोल हानेका थिए ।
युभेन्ट्सलाई घरेलु मैदानमा जित दिलाउने क्रममा रोनाल्डोले खेलको नवौंं र ३७ औं मिनेटमा गोल गरे । लिओनार्दो बोनुचीले गोल गर्दै अग्रता तेब्बर पारे । इग्नासिओ पुसेट्टोले खेल अन्त्यतिर उडिनेसीका लागि शान्त्वना गोल फर्काए ।
उता बोजा भालेरोले खेलको आठौं मिनेटमै गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । निर्भारित समयस्म इन्टरले त्यो अग्रता कायम राखे पनि इन्जुरी टाइममा जोगाउन सकेन ।
डुसान भ्लाहोभिचले इन्जुरी टाइमा गोल गर्दै फियोरेन्टिनालाई हारबाट जोगाए । यस्तै रोमाले एसपीएललाई ३-१ ले पराजित गरेको छ ।
































