सूचना टासेर प्रतिनिधिसभा बैठक स्थगित

6.19K
shares

काठमाडौं। प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक पुस १६ गते सरेको छ। संसद सचिवालयले टाँस गरेको सूचनामा बैठक आगामी १६ बस्ने भनिएको छ ।

सभामुख चयन गर्ने विषयमा नेकपामा कुरा नमिल्दा बैठक स्थगित भएको हो। योसँगै प्रतिनिधि सभाको सभामुखको निर्वाचन प्रक्रिया लम्बिने भएको छ ।

प्रतिनिधि सभाको अब बस्ने बैठकको पहिलो कार्यसूची नै सभामुख चयनो प्रक्रिया हुन्छ । तर सत्तारूढ नेकपाले सभामुख को हुने टुंग्याउन नसकेकाले बैठक सरेको हो ।

नेकपामा सभामुख कसलाई बनाउने भन्ने सहमति भएको छैन। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर नेताले सांसद अग्नि सापकोटालाई सभामुख बनाउन खोजेका छन्।

अहिले पनि प्रचण्ड पूर्वमाओवादीलाई नै सभामुख बनाउने पक्षमा रहेको नेकपाका एक स्थायी समिति सदस्यले बताए । ‘अहिलेसम्म अध्यक्षले पूर्वएमालेलाई सभामुख दिने भनेर कुनै संकेतसम्म गरेको छैन,’ ती नेताले भने,‘एकताअघिको शक्ति बाँडफाँटका बेला सभामुख हामीलाई परेकाले हाम्रो दाबी स्वभाविक हो ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083