सीपी मैनाली चढेको कार दुर्घटना, मैनाली गम्भीर घाईते

8.55K
shares

मुक्तिखबर,महोत्तरी ।

नेपाल कम्युनिष्ट पाटी नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको कार दुर्घटनामा भएको छ ।दुर्घटनामाअ महासचिव मैनाली गम्भीर घाईते भएका छन् । महोत्तरीको बर्दिवास नगरपालिका–३ मा भएको दुर्घटनामा परिमैनालीसँगै पाँच जना घाइते भएका छन्।

आज झापाबाट काठमाडौं आउँदै गदर्न मैनाली चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना ४ ख ७६६८ पिकअप भ्यानसँग ठोक्किएको जनाईएको छ ।

उनको टाउको, छाती र खुट्टामा चोट लागेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए। उनको स्थानीय जनसेवा अस्पतालमा उपचार भइरहेको छ।

उनलाई अस्पतालले काठमाडौं रिफर गरेको छ। थप उपचारका लागि काठमाडौं लग्न हेलिकप्टर बोलाइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083