अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा यूरोपेली मुलुकबाट अमेरिका यात्रामा प्रतिबन्धको घोषणा

7.97K
shares

मुक्तिखबर,काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूरोपेली मुलुकबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । एक टेलिभिजन सम्बोधनमार्फत उनले कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासस्वरूप यो घोषणा गर्नु परेका बताएका छन् ।

राष्ट्रपति ट्रम्पले युरोपेली मुलुकहरुबाट अमेरिकाका लागि गरिने सबै हवाई उडानमा एक महिनाका निम्ति रोक लगाएको बताए पनि उक्त नियम बेलायतको हकमा भने लागु हुने छैन ।

अमेरिकी राष्ट्रपतिले कोरोनाबाट प्रभावित साना लगानीका व्यवसायलाई अर्बौ डलर सहयोग गर्ने घोषणा समेत गरेका छन् । करमा सहुलियत दिने उपायबारे निर्णय लिन उनले संसदसमक्ष आग्रह समेत गरे ।

ट्रम्पले अमेरिकी जनताको सुरक्षा र जीवन रक्षाका लागि सम्पूर्ण शक्ति लगाउने प्रतिबद्धता व्यक्त गरे ।

अमेरिकामा कोरोना संक्रमणका कारण ३८ जनाको मृत्यु भएको छ भने ११ सय ३५ जना संक्रमित भेटिएका छन् । ९एजेन्सी०


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083