कोरोना संक्रमण रोक्न भन्दै भारतको कठोर कदम, विश्वभरका नागरिकलाई भारतमा प्रतिबन्ध
वि.सं.२०७६ फागुन २९ बिहीवार १२:२४
shares

मुक्तिखबर, काठमाडौँ।
कोरोना भाईरस अर्थात् कोभिड १९ को त्रासमा विश्व नै आजित कनिरहेका बेला छिमेक्री मुलुक भारतले पनि कोरोना भाइरसको महाहारी रोक्न भन्दै सबैभन्दा कठोर कदम चालेको ।
यात्रा निर्देशिका अनुसार, भारत सरकारले अब मार्च १३ अर्थात् भोलि शुक्रबार मध्याह्न १२ बजेपछि भारतका लागि हिँडको विदेशीलाई प्रवेश दिइने छैन।
कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विभिन्न देशले विभिन्न देशमा आवतजावतमा रोक लगाइरहेका बेला छिमेकी मुलुक भारतले भने विश्वका कुनै पनि मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको हो।
उसले विदेशमा रहेका आफ्ना नागरिकलाई समेत भोलि ९शुक्रबार०देखि मुलुक छिर्न नदिने घोषणा गरेको हो।
कोरोनाभाइरस प्रकोपले महामारी रूप लिएपछि उक्त कठोर कदम उठाइएको भारतले जनाएको छ।
बीबीसी हिन्दीका अनुसार बुधबार भारतका शीर्ष मन्त्रीहरूको बैठकपछि उक्त ‘यात्रा निर्देशिका’ जारी गरिएको हो।































