“कोरोना भाइरस सतर्कताकालागि अनेरास्ववियू स्वयंसेवकको रुपमा गाउँ-शहर जान तयार छ”-रन्जित तामाङ

12.61K
shares

मुक्तिखबर,मोरङ ।

विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात् कोभिड १९ को उच्च सतर्कताका लागि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू स्वयंसेवकको रुपमा सरकारलाई सहयोग गर्न तयार रहेको र अनेरास्ववियू आवश्यक परे गाउँ शहर पुग्न युवा विद्यार्थी तयार रहेको सह(संयोजक रन्जित तामाङले मोरङको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम बाट जानकारी गराएका छन् ।

चीनको बुहान शहरमा देखा परेको उक्त कोरोना भाइरसले विश्वभर महामारीको रुप लिन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले पटक पटक चेतवानी दिइरहेको बेला विद्यार्थी नेता रन्जित तामाङले कार्यक्रम मार्फत महामारीको आतंकले बजारमा भइरहेको कालोबजारी रोक्न समेत माग गरेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै सह संयोजक तामाङले अनेरास्ववियू निर्वाचनको लागी तयार रहेकोे भन्दै स्ववियु निर्वाचन गर्न माग समेत गरेका छन् ।

उनले भने”यो देश अहिले नेविसंघ विहिन छ। देशकै कुनै क्याम्पसमा नेविसंघ छैन। त्यस्तैले नेविसंघ अन्य कुरामा बरालिनु भन्दा चुनावमा आउने तयारी गर्न नेविसंघलाई आग्रह समेत गरेका छन् ।

अनेरास्ववियू लोकतन्त्रमा बिश्वास गर्ने संगठन भएको बताउँदै सह संयोजक तामाङले यो पटक प्रतिपक्षी नेविसंघलाई सहभागी गराएर जसरी भए पनि स्ववियु चुनाव हुने जानकारी गराए। साथै अनेरास्ववियूका सम्पुर्ण बिद्यार्थीहरु अब स्ववियु चुनावको तयारीमा लाग्नुपर्ने बताएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083