अष्ट्रेलियाका गृहमन्त्रीलाई पनि कोरोना भाइरसको संक्रमण

6.96K
shares

मेलबर्न ।

अस्ट्रेलियाका गृहमन्त्री पिटर डुट्टनलाई कोरोना भाइरसको संक्रमण भएको छ। डुट्टन आफैले सामाजिक सन्जालमार्फत आफु कोरोना संक्रमित भएको बताएका हुन्।

‘ आज बिहान म उठ्दा ज्वरो आइरहेको थियो अनि घाँटी पनि दुखिरहेको थियो। तत्कालै जाँच गर्दा कोरोना संक्रमण भएको भेटियो’, डुट्टनले भनेका छन्। उनले आफु अहिले ठिक रहेको र अस्पताल भर्ना भएको बताएका छन्

डुट्टनले गत साता अमेरिकाको वासिङ्टनमा आफुले अमेरिका, बेलायत, क्यानडा र न्युजिल्यान्डका अधिकारीसँग भेटेको बताएका छन्। एजेन्सी


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083