जम्मु कस्मिरका पूर्वमुख्यमन्त्री फारुक अब्दुल्लाह नजरबन्द मुक्त हुँदै
वि.सं.२०७६ फागुन ३० शुक्रवार १४:५१
shares

नयाँ दिल्ली ।
भारतीय नजरबन्दमा रहेका भारप प्रशासित जम्मु कस्मिरका मुख्य मन्त्री फारुक अब्दुल्ला हिरासत मुक्त हुने भएका छन्। उनलाई करिब ७ महिनापछि रिहा गर्न लागिएको हो ।
फारुकलाई ‘पब्लिक सेफ्टी एक्ट(पीएसए)अन्तर्गत मुद्धा नचलाई हिरासतमा राखिएको थियो। पीएसएअन्तर्गत मुद्धा नचलाई २ वर्षसम्म नजरबन्द गर्न सकिने व्यवस्था छ।
भारतले ८३ वर्षीय फारुक, उनका छोरा ओमार अब्दुल्लाह, पीडिपी नेता मेहबुब मुफ्तीसहित केही नेतालाई गत अगष्टयता नजरबन्दमा राखेको छ। भारतले आर्टिकल ३७० मा रहेको जम्मु कस्मिरको ‘स्पेसल स्टाटस’ हटाएर उनिहरुलाई नियन्त्रणमा लिएको थियो।
भारतले ‘मेन स्ट्रिम’का नेतालाई पीएसए लगाएर नजरबन्दमा राखेको यो पहिलोपटक हो। फारुक तीन पटकका मुख्यमन्त्री हुन्। यसअघि आतङ्कवादी वा अतिवादीलाई मात्र पीएसए लगाइने गरिएको थियो। फारुक राज्य सभा सदस्य हुन्।
फारुक शुक्रबार हिरासत मुक्त हुने जनाइएको छ। उनलाई पक्राउ गरिएको तीन महिनापछि नजरबन्दको अवधि बढाउने निर्णय भएको थियो।
एजेन्सी































