राजधानीमा जब सेन्टरको ठगी धन्दा

20.5K
shares

मुक्तिखबर,काठमाडौँ ।

काठमाडौं उपत्यकाका कलंकी, कोटेश्वर, सातदोबाटो, रत्नपार्क, नयाँ बसपार्क, चावहिल लगायतका मुख्य–मुख्य चोकहरुमा ‘अर्जेन्ट कर्मचारी आवश्यक,’ ‘अन्तरवार्ता विना जव फिक्स,’ ‘घरमै बसिबसि ५० हजार सम्म कमाई’ जस्ता विज्ञापन यत्रतत्र टाँसिएका भेटिन्छन् । घरमै बसी चाहेको जति पैसा कमाउँन सकिने भनेपछि सबै सजिलो काम खोज्न भन्दै जब सेन्टर पुग्ने गर्छन् ।

वेरोजगार युवाको पहिलो प्रथामिकतामा रोजगारी पर्छ । प्रायः अध्यायन पूरा गरेर बसेका र रोजगारी नभएका युवाले कतै राम्रो जागिरको माग आएको छ कि भनेर दैनिक पत्रपत्रिका र नेटमार्फत खोजी गरिरहेका हुन्छन् । कतिपय शिक्षित युवाहरू विज्ञापनकै आधारमा कामको खोजी गर्दै विभिन्न कार्यालय धाउने गर्छन् ।

पुतलीसडक, सुन्धारा, चावहिल, कोटेश्वर, बागबजार, कंलकी, नयाँ बसपार्क, महाञ्जग, लगनखेललगायतको सडक भएर हिँड्ने पैदलयात्रीका हातहातमा यस्तो थमाइन्छ । सडकका भित्ता र बिजुलीका पोलमासमेत पर्चा पम्पलेट टाँसिएको छ । एउटै पर्चामा करिब ५० देखि २ सय जनासम्मलाई रोजगारीको अवसर उल्लेख गरिएको हुन्छ । यस्तै पर्चा र विज्ञापनका आधारमा रोजगारीको खोजीमा विभिन्न ठाउँमा भौतारिरहेका कैलालीका विश्व रिजाल धेरै जब सेन्टरमा गएपनि जागिर नपाएको बताउँछन् ।

वेरोजगार युवाहरूको यस्तै बाध्यताबाट फाइदा लिने तत्वहरूले जवको विज्ञापन गर्दै ठग्ने गरेको पाइएको छ । शहरमा बेरोजगार युवालाई लक्षित गर्दै धेरै रोजगार सेन्टर खोलिएका छन् । यस्ता जब सेन्टरले बेरोजगार युवालाई आकर्षित गर्न फरक फरक शैली अपनाएर रोजगारीका लागि भन्दै विज्ञापन गर्ने र पर्चा वितरण गर्ने गरेका छन् । तु कर्मचारी आवश्यकता, विनाअन्तर्वाता कामको ग्यारेन्टी भन्दै देशका मुख्य शहरमा जागिरसहितको विज्ञापनको पर्चा बाँडिरहेको देखिन्छ ।

रोजगारीको अवसर भन्दै छापिएका पर्चा पम्प्लेट र विज्ञापनलाई आधार मान्दै काम खोज्न जाने अधिकांश बेरोजगार युवा ठगिने गरेका छन् । विज्ञापन हेरेर जब सेन्टर धाउने प्रत्येक आवेदकसँग २ देखि ५ सयसम्म उठाएर कार्यालय चलाउने गरेको पाइन्छ । जागिर पाउने आशमा दैनिक उपत्यकाभित्रै खुलेआम ठगिभइरहेको भएपनि सम्बन्धित निकाय वेखवर जस्तै देखिएको छ । पत्रपत्रिकामा आएका विज्ञापन, बाटो र सडकका पोलमा टाँसिएका पर्चाका आधारमा दैनिक २ सयभन्दा बढी युवा ठगिने गरेका छन् । उपत्याकाभित्र यस्ता जव सेन्टर १ सयभन्दा बढी रहेको बताइन्छ ।

त्यस्ता जब सेन्टर पुगेपछि आवेदन भर्न लगाएर लुट्ने काम मात्र हुने गरेको रिजालले अनुभव सुनाए । काम खोज्न गएका युवासँग उल्टै पैसा ठगेर कार्यालय र कर्मचारी पाल्ने काम गर्ने गरेको उनको भनाइ छ । जागिरको खोजीमा रहेका रिजालजस्ता जस्ता युवा युवतीहरू दैनिक ठगिरहेका छन् ।

जागिर दिने नाममा ठगीमा परेका पीडित प्रहरीमा उजुरी दिन खासै जाँदैनन् । यसरी पीडितले उजुरी नगर्दा ठगको मनोबल बढ्ने गरेको पाइन्छ । सानो रकम भएकाले पनि प्रहरीसम्म उजुरी लिएर पीडित नजाने गरेको देखिएको छ । प्रहरीमा उजुरी नपर्दा जब सेन्टरका नाममा ठगि गर्नेहरूको धन्धा फस्टाउँदै गएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083