कोरोनाविरुद्ध सहकार्य गर्न सार्क राष्ट्रबीच आज भिडियो कन्फरेन्स,प्रधानमन्त्री ओली पनि सहभागी हुने

7.55K
shares

मुक्तिखबर,काठमाडौँ।

विश्वभर कोरोनाभाइरसको महामारी फैलिरहेको अवस्थामा सार्क राष्ट्रहरु त्यसविरुद्ध एकजुट भएर लड्ने भएका छन् । कोरोनाभाइरसको महामारीविरुद्ध लड्न साझा रणनीति तयार गर्न

भिडियो कन्फरेन्स नेपाली समयअनुसार साँझ सवा पाँच बजे हुनेछ । भिडियो वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली आफैं सहभागी हुनेछन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली सहभागी हुन लागेको यो पहिलो औपचारिक कार्यक्रम हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयभित्र रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बताए ।

भिडियो कन्फरेन्समार्फत् सार्क सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आफ्नो देशले गर्दै आएको र गर्नुपर्ने कामका विषयमा धारणा राख्नेछन् । त्यसपछि एकीकृत रणनीति बनाउने योजना छ ।

भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण लामो समयदेखि सार्क निष्कृय छ । तर, भिडियो कन्फरेन्समा पाकिस्तान पनि सहभागी हुने बताइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083